PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'कागजपत्र'मा अष्ट्रेलिया जाने एक युवतीको संघर्ष



पहिलोपोस्ट

'कागजपत्र'मा अष्ट्रेलिया जाने एक युवतीको संघर्ष

काठमाडौं:  फिल्म 'कागजपत्र' प्रदर्शनको संघारमा छ। निर्माण टिमले अहिले फिल्मको प्रचार पनि थालेको छ।

फिल्मलाई अपिल विष्टले निर्देशन गरेका हुन्। 'झुम्की' निर्देशक अपिल फिल्मले अष्ट्रेलिया जान चाहने एक युवतीको संघर्षलाई समेटेको बताउँछन्। उनले भने 'आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई जसरी पनि अष्ट्रेलिया जाने मन हुन्छ। आफूभन्दा धेरै उमेरका एकजनासँग डिपेन्डेन्टमा विदेश जाने कुरा आउँछ। त्यसपछि त्यहाँ कागजपत्र बनाउने काम सुरु हुन्छ।'

फिल्मको मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के, सरिता गिरी अभिनेता नाजिर हुसेन र भोलाराज सापकोटाको मुख्य अभिनय छ। फिल्ममा शिल्पा 'बुनु' र नाजिर अभिषेकको भूमिकामा देखिँदैछन्।

केहीसमयअघि अष्ट्रेलिया पुग्दा अपिललाई यो विषयमा फिल्म बनाउने सोच आएको थियो। 'कागजपत्र'ले समाजका पात्रहरुलाई देखाउन खोजेको छ।

छोराछोरीलाई विदेश पठाउनैपर्छ भन्ने सोच भएका अभिभावकको फिल्मले व्यङ्ग्य गर्ने अपिल बताउँछन्। 'यो विषय हाम्रो समाजको कथा हो। समाजमा रहेका पात्रहरु फिल्ममा देख्नुहुनेछ,' सुनाए 'दर्शकहरुले फिल्महेरेपछि विदेशमा रहेका आफ्नो अंकल, दिदी र साथीहरुलाई सम्झनुहुनेछ।'

फिल्म चैत ८ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा अन्य कलाकार आर्जेस रेग्मी, निरज सिंह विष्ट, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, उज्वल शर्मा, भरत सापकोटाको अभिनय छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell