PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सीके राउतलाई आफ्ना कार्यकर्ता सम्हाल्न आग्रह गर्दै प्रचण्डले भने, 'पार्टीले सहमति गरेको हैन'



अनन्तराज न्यौपाने

सीके राउतलाई आफ्ना कार्यकर्ता सम्हाल्न आग्रह गर्दै प्रचण्डले भने, 'पार्टीले सहमति गरेको हैन'

विराटनगर:  नेपाल कम्युनिस्ट पार्टी(ने क पा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वतन्त्र मधेश संगठनसँग पार्टीले समझदारी नगरेको बताउँदै यो सरकारले गरेको सहमति भएको बताएका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै प्रचण्डले भने, 'मलाई त तपाईंहरूले राष्ट्रिय सभागृहमा प्रधानमन्त्री सँगै देखिहाल्नु भयो। तर पनि यो पार्टीले गरेको समझदारी होइन।'

सरकारले गरेको समर्थनमा आफ्नो समर्थन रहेको उनको भनाई थियो। भने, 'सरकारले गरेको हो र सरकारले गरेको समझदारीमा मेरो समर्थन छ।'

त्यसैगरी अध्यक्ष प्रचण्डले सीके राउतले पहिले लिएका नीति र सम्बन्धहरू र नेटवर्क पनि हामी सबैलाई पहिले नै थाहा भएको उल्लेख गर्दै सरकारको प्रयासको प्रशंसासमेत गरे। 'सरकार र पार्टीको अहिलेको ध्यान भनेको पृथक्तावादी र अलगवादी आन्दोलनमा लागेका मानिसहरूलाई राष्ट्रिय एकताको मूलधारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउने हो। जुन परिवेशमा सरकारले सीके राउतसित समझदारी बनाएको छ, मलाई लाग्छ– सरकारका तर्फबाट राष्ट्रिय एकता र संविधानको कार्यान्वयनका पक्षमा सकारात्मक पहल नै भएको छ,' उनले भने।

सीके राउतले सहमति बमोजिम आफ्ना कार्याकर्तालाई सम्झाउनसमेत प्रचण्डले आग्रह गरेका छन्। प्रचण्डले भने, 'सीके राउतलाई आफ्ना कार्यकर्ता सम्झाउने–बुझाउने वातावरण चाहिएको पनि होला। जेलबाट भर्खर छुटेर आएको बेला पनि छ। त्यो मिलाउनु पनि होला।'

सरकारले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र संविधानको स्वीकार्यता बढाउने पक्षमा गरेको पहल सकारात्मक रहेको उल्लेख गर्दै उनले यसमा शङ्का गर्नुपर्ने कुनै कारण नभएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell