PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

इजिप्टमा हुने 'मिस इको इन्टरनेसनल २०१९'मा नेपालबाट मुना गौचन



पहिलोपोस्ट

इजिप्टमा हुने 'मिस इको इन्टरनेसनल २०१९'मा नेपालबाट मुना गौचन

काठमाडौं:  इजिप्टमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिस इको इन्टरनेसनल २०१९'मा नेपालबाट मुना गौचन सहभागी हुने भएकी छिन्।

६० देशका इको सुन्दरीहरुबीच हुने  सहभागिताका लागि उनी मंगलबार इजिप्ट उडेकी हुन्।

ग्रीन आर्ट मिडियाले उनलाई केही समयअघि 'मिस इको इन्टरनेशनल नेपाल २०१९'को ताज लगाउँदै प्रतिनिधि चयन गरेको थियो। यसअघिका प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए।

मुनाले यसअघि फिल्म 'जालो'मा अभिनय गरेकी थिइन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell