PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

हरिहर अधिकारीको सपना कसरी टुक्रियो?



पहिलोपोस्ट

हरिहर अधिकारीको सपना कसरी टुक्रियो?

काठमाडौं: गायक विशाल निरौलाले फिल्म 'शुभ लभ'को एक गीत गाउँदै पार्श्व गायन थालेका छन्।

यसअघि गीतहरुको एरेन्ज गर्न व्यस्त रहने विशालले फिल्मको 'टुक्रियो एउटा सपना'बोलको गीतमा स्वर दिएका छन्। गीतमा विशालकै शब्द र संगीत छ।

गीतको भिडियोमा भने कलाकार हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिचर्ड छन्। बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको 'शुभ लभ'लाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन्।

चैत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतको अभिनय छ।

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell