
काठमाडौँ : एक महिना भन्दा बढी समय विदेशमा क्रिकेट खेलेपछि नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने आज नेपाल फर्किएका छन्।
पछिल्लो पटक पाकिस्तान सुपर लिग पिएसएल खेलेर उनी पाकिस्तानबाट मंगलवार नेपाल आएका हुन्।
६ टोली सहभागि पिएसएलमा लाहोरले १० मध्ये ३ खेल मात्र जितेपछि अन्तिम स्थान लिग सकाएको थियो। सुरुको तीन खेल खेल्न नपाएका सन्दीपले पिएसएलमा कलन्दर्सका लागि ७ खेल खेल्दै ११ विकेट लिएका थिए। जसमा क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए।