PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

टेप रेकर्डरमा तयार भयो नविन के भट्टराईको नयाँ गीत



पहिलोपोस्ट

टेप रेकर्डरमा तयार भयो नविन के भट्टराईको नयाँ गीत

काठमाडौं: गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। उनको 'जान्छु म'बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। एल्बम 'एनकेबी'मा समावेश गीतमा रोशन सुवेदीको शब्द छ।

गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका हुन्। गीतलाई पुरानो प्रविधि टेप रेकर्डरमा रेकर्डिङ गरिएको बताइएको छ। नविन भन्छन्,'मलाई टेप रेकर्डिङ गर्न निकै रुची छ। त्यसैले आफ्नो नयाँ गीतमा यो प्रयोग गरेको हुँ।'  

गीतको भिडियोमा कलाकार निराजन श्रेष्ठ र सुष्मा फिचर्ड छन्। आवेश बज्राचार्यको छायाँकन रहेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन्। पासाङ योञ्जन लामाले गीतलाई निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell