PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

डान्स रियालिटी सोका विजेता कविता र सुजन एकसाथ 'केवल कारैमा'



पहिलोपोस्ट

डान्स रियालिटी सोका विजेता कविता र सुजन एकसाथ 'केवल कारैमा'

काठमाडौं: कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा 'केवल कारैमा'बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा भारतीय रियालिटी सो 'डान्स प्लस'मा फस्ट रनर्सअप भएका सुजन मार्पा तामाङ फिर्चड छन्।

त्यस्तै 'बुगी वुगी'की बिजेता कविता नेपाली पनि भिडियोमा देखिएकी छिन्। गीतलाई राजिब समरले निर्देशन गरेका हुन्। 'केवल कारैमा'गीतमा मदन प्रधानको शब्द, विश्व अधिकारीको संगीत छ।

भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन्। भिडियोमा सुजनकै कोरियोग्राफी छ। गायक भट्टराईले गीतमा 'टिकटक' प्रतियोगिताको घोषणासमेत गरेका छन्। विजेताले नगद ३३ हजार ३ सय ३३ रुपैँया उपहारमा पाउने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell