PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

मधेस यात्राका लागि ज्ञानेन्द्र जनकपुरमा, साढे तीन घण्टा कुर्न बाध्य भएका समर्थकले लगाए देश बचाउको नारा

मधेस यात्राका लागि ज्ञानेन्द्र जनकपुरमा, साढे तीन घण्टा कुर्न बाध्य भएका समर्थकले लगाए देश बचाउको नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुरधाम : पूर्व मुमा वडामहारानी रत्नको स्वास्थ्य बिग्रिएपछि स्थगित भएको पूर्व राजा ज्ञानेन्द्रको मधेस यात्रा आजदेखि सुरु भएको छ। 

दिउँसो ४ बजे ज्ञानेन्द्र जनकपुर पुग्ने भनिएपछि समर्थकहरु पूर्व राजा र रानीको स्वागतका लागि फूलमालासहित पुगेका थिए। तर ज्ञानेन्द्र एक्लै साढे तीन घण्टा ढिलामात्रै होटल सीताशरणमा पुगे। 

राप्रपाको अगुवाइमा डेढ सय जति कार्यकर्ताले राजालाई स्वागत गरे र राजा आऊ देश बचाऊको नारा लगाए। 

ज्ञानेन्द्रले भोलिदेखि जनकपुरलाई केन्द्र बनाएर विभिन्न जिल्ला भ्रमण गर्नेछन्। फागुन ३० गते सर्लाहीको मलंगवास्थित शिव मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।  

त्यस्तै चैत १ गते जनकपुरस्थित रामजानकी मन्दिरमा पूजा अर्चना, चैत २ गते उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरमा पूजा अर्चना र चैत ३ गते राजविराजस्थित छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ। 



ट्रेन्डिङ पोस्ट

Ncell