PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

च्याम्पियन्स लिग : घरेलु मैदानमा शानदार जितसहित बार्सिलोना क्वाटरफाइनलमा, मेसीको दुई गोल



पहिलोपोस्ट

च्याम्पियन्स लिग : घरेलु मैदानमा शानदार जितसहित बार्सिलोना क्वाटरफाइनलमा, मेसीको दुई गोल

लियोनल मेसीले दुई गोल गरेपछि फ्रेन्च क्लब लियोनलाई दोस्रो लेगमा ५-१ ले पराजित गर्दै स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

लियोनको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको हो। मेसीले दुई गोल गर्नुका साथै दुई असिस्ट समेत गरे।

१८औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३१औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे।

५८औँ मिनेटमा लियोनका लुसका टसार्टले गोल गर्दे गोल अन्तर कम पारेका थिए। तर अन्तिम १२ मिनट भित्र बार्सिलोनाले ३ गोल थप्यो। मेसीले ७८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ८१औँ मिनेटमा जेरार्ड पिके र ८६औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे। दुवै गोलका लागि मेसीले सहयोग गरेका थिए।

घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिग खेलमा बार्सिलोनाले अपराजित यात्रालाई ३० खेलसम्म पुर्‍यएको छ। लियोन विरुद्ध जितपछि बार्सिलोनाले २७ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell