PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

च्याम्पियन्स लिग : साडियो मानेको दुई गोलमा लिभरपुल क्वाटरफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : साडियो मानेको दुई गोलमा लिभरपुल क्वाटरफाइनलमा

साडियो मानेले दुई गोल गरेपछि वायर्न म्युनिखलाई उसैको मैदानमा ३-१ ले पराजित गर्दै लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको पहिलो लेग बराबरी खेलेको लिभरपुलका लागि अघिल्लो चरण पुग्न दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्नेपर्ने दवाव थियो।

वायर्नको घरेलु मैदान एलिएन्ज एरेनामा मानेले २ गोल गरेपछि लिभरपुलले शानदार जित हात पार्‍यो। यस्तै भर्जिल भान डाइकले एक गोल गरे। वायर्नको पक्षमा पनि लिभरपुलले गोल उपहार दिएको थियो।

२६औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ३९औँ मिनेटमा लिभरपुलकै जोएल मातिपले आत्मघाती गोल गरेपछि खेल बराबरीको स्थितीमा पुग्यो। ६९औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए। ८४औँ मिनेटमा मानेले व्यक्गत दोस्रो गोल गर्दै लिभरपुलको जित पक्का गरे।

लिभरपुलको जितपछि यस सिजन इंग्ल्याण्डका चारवटै क्लबले क्वाटरफाइनलमा स्थान बनाएका छन्। प्रिमियर लिग लिडर म्याचेष्टर सिटी र टोटनहमले सहजै अन्तिम आठमा स्थान बनाउदा म्यानचेष्टर युनाइटेडले पिएसजी विरुद्ध उत्कृष्ट पुनरागमन जित हात पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell