
युरोपककै सबैभन्दा ठूलो र प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग (युसिएल) मा यस सिजन इंग्ल्याण्डका चार वटा क्लब क्वाटरफाइनल पुगेका छन्।
युसिएल २०१८-१९ मा प्रिमियर लिग खेल्ने म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, लिभरपुल र टोटनहमले अन्तिम आठमा स्थान बनाएका हुन्।
क्वाटरफाइनल पुगेका ८ मध्ये ४ क्लब अर्थात ५० प्रतिशत क्लब इंग्ल्याण्डको छन्। र यस्तो भएको यो १० वर्षपछि हो र समग्रमा तेस्रो पटक हो। यसअघि सन् २००७-८ र २००८-९ सिजनमा इंग्ल्याण्डबाट ४-४ क्लब क्वाटरफाइनल पुगेका थिए।
सन् २००० को दशकयता इंग्ल्याण्डबाहेक कुनै पनि देशबाट एउटै सिजन ४ क्लब क्वाटरफाइनल पुगेका छैनन्।
त्यतिखेर युनाइटेड र लिभरपुलसँगै चेल्सी र आर्सनलले क्वाटरफाइनल खेलेका थिए। यसपटक चेल्सी र आर्सनल च्याम्पियन्स लिगमा छनोट हुन सकेनन् र युरोपा लिग खेलिरहेका छन्।
🏴💪
— UEFA Champions League (@ChampionsLeague) March 13, 2019
Four English clubs in #UCL quarter-finals for the first time since 2008/09! pic.twitter.com/VV7DCm5L7u
यस पटक इंग्लिस क्लब युनाइटेड र लिभरपुलले दोस्रो लिगमा उत्कृष्ट नतिजा हात पार्दै जित निकाल्दा टोटनहम र म्यानचेष्टर सिटीले भने सहज जित हात पारे।
म्यानचेष्टर युनाइटेडले घरेलु मैदानमै पहिलो लिगमा पिएसजीसँग २-० ले हार बेहोरेपनि दोस्रो लिगमा पिएसजीला२ उसैको मैदानमा ३-१ ले पराजित गर्दै स्कोर बराबरी गर्यो र अवे गोलको फाइदा उठाउदै क्वाटरफाइनलमा स्थान बनायो। उता लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग घरेलु मैदानमा पहिलो लिग गोलरहित बराबरी खेलेको थियो। तर दोस्रो लिगमा वायर्नलाई उसैको मैदानमा ३-१ ले पराजित गर्यो।
उता टोटनहमले बोरुसिया डर्टमण्डलाई पहिलो लिगमा ३-० र दोस्रो लेगमा १-० ले हराउँदै समग्रमा ४-० को जित हात पार्यो। यस्तै इंग्लिस क्लब र जर्मन क्लबबीचको अर्को भिडन्तमा म्यानचेष्टर सिटीले साल्केलाई समग्रमा १०-२ को अन्तरमा हरायो। पहिलो लिगमा ३-२ को जित हात पारेको सिटीले दोस्रो लिगमा साल्केलाई ७-० ले हरायो।
क्वाटरफाइनलका लागि यही शुक्रबार ड्र हुँदैछ। यी चार इंग्लिस क्लबाहेक स्पेनबाट बार्सिलोना, इटलीबाट युभेन्ट्स, नेदरल्याण्ड्सबाट अयाक्स र पोर्चुगलबाट पोर्टो क्वाटरफाइनलमा पुगेका छन्।
युभेन्ट्स, अयाक्स र पोर्टोले पनि पहिलो लिगमा हार बेहोरेका थिए। तर दोस्रो लीगमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेका हुन्। साविक विजेता रियलसँग पहिलो लेग २-१ ले हारेको अयाक्सले दोस्रो लिगमा ४-१ को शानदार जित हात पार्दै समग्रमा ५-३ ले विजयी भएको हो।
यस्तै एट्लेटिको मड्रिडसँग पहिलो लीगमा २-० को हार बेहोरेपछि दोस्रो लेग ३-० ले जित्दै युभेनट्सले समग्रमा ३-२ को जित हात पार्यो।