PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

एएफसी कप : मनाङ मर्स्याङ्दीको समूहमा चेन्नायीन एफसी



पहिलोपोस्ट

एएफसी कप : मनाङ मर्स्याङ्दीको समूहमा चेन्नायीन एफसी

काठमाडौँ : नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा दुई भारतीय क्लबसँग खेल्ने भएको छ। मनाङ रहेको समूह इ को बाँकी एक टोलीका लागि भएको प्लेअफमा श्रीलंकाली क्लब कोलोम्बो एफसीलाई समग्रमा १-० ले पराजित गर्दै चेन्नायीनले समूह चरणमा स्थान बनाएको हो।

पहिलो लिग बराबरी खेलेको चेन्नाइनले घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जितेको हो। भारतीय क्लबका लागि जेज लाख्पेखलुअले एक मात्र गोल गरे।

चेन्नायीनसँगै आइ लिग च्याम्पियन मिनेभर्भा पञ्जाव र बंगलादेशको अबहनी लिमिटेड ढाका मनाङको प्रतिद्वन्दीको रुपमा रहेको छ। चेन्नायीनले दुई पटक इन्डियन सुपर लिग (आइएसएल) को उपाधि जितिसकेको छ। मिनेर्भाले भने २०१७-१८ को आइ- लिग को उपाधि जितेको थियो।

यस समूहका खेलहरु अप्रिल ३ बाट सुरु हुनेछ। मनाङले पहिलो खेलमा अबहानी लिमिटेडसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell