PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

प्रहरी भन्छ, 'उपत्यकाको शान्ति सुरक्षा कडा छ, काहीँ कतै अप्रिय घटना भएका छैनन्'



पहिलोपोस्ट

प्रहरी भन्छ, 'उपत्यकाको शान्ति सुरक्षा कडा छ, काहीँ कतै अप्रिय घटना भएका छैनन्'

काठमाडौँ: प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षा कडा बनाएको बताएको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज  नेपाल बन्दको आह्वान गरेको छ।

बिहानदेखि उपत्यकाका कुनै पनि स्थानमा अप्रिय घटना, तोडफोड, आगजनी जुलुस लगायतको कार्य नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए।

ज्ञवालीले भने, ’उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। अहिलेसम्म कुनै पनि घटना भएको जानकारी आएको छैन।‘ 

विप्लप नेतृत्वको समूहले आह्वान गरेको बन्दको कारण उपत्यकाको जनजीवन भने प्रभावित बनेको छ। सार्वजनिक सवारी आवागमन कम देखिन्छ। निजी विद्यालय तथा कलेजहरू बन्द छन्। सरकारले नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्धको निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell