PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान आज खेल्दै



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान आज खेल्दै

काठमाडौँ : पाँचौं साफ च्याम्पियनसिप अन्तर्गत आज समूह ए को दोस्रो खेल हुँदैछ।

नेपालको विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका बंगलादेश र भुटान आज दिउँसो ३ बजे शहिद रंगशालामा भिड्दैछन्।

उद्घाटन खेलमा घरेलु टोली नेपालसँग ३-० ले पराजित भएको भुटानको लागि आजको खेल जित्नैपर्ने चुनौती छ। आजको खेलमा पराजित भए भुटान बाहिरिनेछ भने बंगलादेश र नेपाल एक खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछन्।

बंगलादेश र नेपालबीचको खेल शनिबार हुनेछ।

दक्षिण एसियाका ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइएको हो। समूह बी मा साविक विजेता भारतसहित माल्दिभ्स र श्रीलंका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell