PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार



पहिलोपोस्ट

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

काठमाडौँ : एसीसी सोह्र वर्षमुनि (यु-१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ।

थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ। खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ।

३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन्। जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपालसहित म्यानरमार, मलेसिया र आयोजक थाइल्याण्ड छन् भने समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेका छन्।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग अप्रिल २४ मा खेल्नेछ भने समूहको अन्तिम खेल अप्रिल २५ तारिखमा आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। त्यस्तै नेपाल साविक विजेता पनि हो। अघिल्लो संकरणको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell