PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

साफ महिला च्याम्पियनसिप : लगातार दोस्रो हारपछि भुटान बाहिरियो, बंगलादेशसँगै नेपाल सेमिफाइनलमा



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : लगातार दोस्रो हारपछि भुटान बाहिरियो, बंगलादेशसँगै नेपाल सेमिफाइनलमा

विराटनगर : भुटान पाँचौ साफ महिला च्याम्पियनसिपकको समूह चरणबाट बाहिरिने पहिलो टीम बनेको छ।

विराटनगरमा भइरहेको च्याम्पियनसिप अन्तर्गत समूह ए मा बिहीबार बंगलादेशसँग २-० ले पारजित भएपछि भुटान दुई हार बेहोर्दै बाहिरिएको हो। यसअघि उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानलाई ३-० ले हराएको थियो।

भुटान बाहिरिएपछि एक खेल खेल्नुअघि नै नेपाल र बंगलादेशले समूह ए बाट सेमिफाइनलमा स्थान बनाएका छन्। समूह ए को अन्तिम खेल शनिबार हुनेछ।

विराटनगरस्थित शहिद रंगशालमा भएको खेलमा भुटानले पहिलो हाफमा बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो। तर दोस्रो हाफमा भने बंगलादेशले २ गोल गर्‍यो। भुटानले पनि गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न नसक्दा दुई खेलमा गोलविहिन हुँदै बाहिरियो।

बंगलादेशका लागि मिश्रत जहान मौसमी र कप्तान सविना खातुनले एक-एक गोल गरे।

च्याम्पियनसिपअन्तर्गत शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ। यस समूहमा माल्दिभ्स पहिलो खेलमा साविक विजेता भारतसँग ६-० ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell