PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

जनैपूर्णे, राम नवमी र कृष्ण जन्माष्टमिमा पनि छैन छुट्टी, बुद्ध जयन्ती शनिबार, सार्वजनिक विदाको सूची

जनैपूर्णे, राम नवमी र कृष्ण जन्माष्टमिमा पनि छैन छुट्टी, बुद्ध जयन्ती शनिबार, सार्वजनिक विदाको सूची

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विक्रम संवत् २०७६ सालको सार्वजनिक विदाबारे जानकारी दिएको छ। 

गृह मन्त्रालयले शुक्रबार राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार यस वर्ष ५२ वटा शनिबारे विदा परेको छ। शनिबारबाहेक देशभर सबैलाई दिइने विदा भने १५ दिन रहेको छ। 

सरकारले दशैँमा फूलपाती (असोज १८) देखि एकादशी (असोज २२ गतेसम्म) पाँच दिन विदा दिएकोमा एक दिन शनिबार परेको छ।

तिहारमा लक्ष्मीपूजादेखि भाइटिकासम्म तीन दिन विदा छ। अन्य पर्व विदामा फागुन ९ गते महाशिवरात्री र होली ५८ जिल्लामा फागुन २६ गते र बाँकी जिल्लामा भोलिपल्ट छ। 

दिवस विदाहरुमा मजदूर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवस तीन दिन सार्वजनिक विदा छ। 

जन्मजयन्ती विदामा रामनवमी, कृष्ण जन्माष्टमि, पृथ्वी जयन्तीको यसपालि पनि विदा कटौति गरिएको छ। बुद्ध जयन्तिको दिन विदा दिइएको छ तर त्यो दिन शनिबार परेको छ।

जनैपूर्णिमा, क्रिसमस, ईद, ल्होसार, छठ लगायतका पर्वमा पनि सार्वजनिक विदा दिइएको छैन। 
 



ट्रेन्डिङ पोस्ट

Ncell