PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

क्रिकेटर सरिता मगरलाई एसएमको प्रायोजन



पहिलोपोस्ट

क्रिकेटर सरिता मगरलाई एसएमको प्रायोजन

काठमाडौँ : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी खेलाडी सरिता मगर प्रायोजन पाउने पहिलो महिला क्रिकेटर बनेकी छिन्।

सरितालाई भारतीय क्रिकेट सामाग्री एसएम ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता रहेको आरएनबी बिजनेसले एक वर्षको लागि प्रायोजन गरेको छ।

आरएनबीले शुक्रवार एक कार्यक्रमकाबीच राष्ट्रिय क्रिकेटर सरितालाई एक वर्षको लागि क्रिकेट किट्स प्रदान गर्ने गरी सम्झौता गरेको हो।

सम्झौतामा आरएनबीका तर्फबाट सिइओ नितेश केसी र खेलाडी सरिताले हस्ताक्षर गरे।

सम्झौता अहिलेको लागि एक वर्षको रहेको र आगामी दिनमा नविकरण गर्दै लैजाने आरएनबीकातर्फबाट अभय राणाले जानकारी दिए।

सरितालाई टेष्ट र वाड खेल्ने खेलाडीले प्रयोग गर्ने स्तरकै खेल सामाग्रीहरु प्रदान गर्ने आरएनबीले जनाएको छ।

राणाले यसअघि पुरुष खेलाडीलाई सहयोग गर्दै आएको बताउदै अब महिला खेलाडीहरुलाई पनि प्रोत्साहनको लागि प्रायोजनको सुरुवात गरेको जानकारी दिए।

‘एसएम नेपालमा क्रिकेट सामाग्रीको बिजिनेस गर्ने पहिलो कम्पनी हो। यसअघि हामीले पुरुष टिमका कप्तान पास खड्का, सोमपाल कामी, रोहित पौडेललाई साथ दिइरहेका छौँ। दिलिप नाथ र पृथु बास्कोटाको सम्झौता सकिएको छ। शक्ति गौचनसँग पनि सम्झौता गरिसकेका छौँ। अब महिला खेलाडीलाई पनि प्रोत्साहन र सहयोग गर्नुपर्छ भनेर अगाढि बढेका छा।‘ राणाले भने। ‘अहिले हामीले नविकरण गर्ने गरी एक वर्षको लागि क्रिकेट सेट प्रदन गर्ने गरी सम्झौता गरेका छौँ। भावी दिनमा अरु खेलाडीलाई पनि प्रोत्साहनका लागि सहयोग गर्ने योजनामा छौँ।‘

एसएम ब्राण्डको साथ पाएपछि सरिताले एकदमै खुशी लागेको बताइन्। ‘आरएनबीलाई धन्यवाद। एकदमै खुशी लागेको छ। आगामी दिनमा महिला क्रिकेटलाई सपोर्ट हुँदै गएमा अझै अगाडी बढन सक्छौँ।‘

यस सम्झौतालाई सफल पार्न भूमिका खेलेका महिला राष्ट्रिय टिमका प्रशिक्षक तथा यू-१९ पुरुष टिमका प्रशिक्षक विनोद दासले कुनै पनि खेल र टिमको विकासको लागि खेल मात्र नभएर ओभरअल सपोर्ट चाहिने र त्यसका लागि खेल सामाग्रीले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए। दासले यस्ता खालको सहयोगले खेलाडी र अन्य कम्पनीहरुलाई पनि हौसला मिल्ने र थप प्रायोजन मिल्ने विश्वास व्यक्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell