
विराटनगरमा भइरहेको पाँचौ साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ।
यसअघि नै भुटानलाई हराइसकेको दुवै टोली समूह ए को विजेता बन्ने होडमा छन्। नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो। बंगलादेशले भने भुटानलाई २-० ले हराएको थियो।
गोल अन्तरमा अगाडि रहेकाले समूह विजेता बन्न नेपाललाई बंगलादेश विरुद्ध बराबरी नै पर्याप्त छ।
नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन। यस्तै नेपालले घरेलु मैदानमा खेल्नुको फाइदा पनि छ।
चार वर्षअघि चौथो संस्करणको उपविजेता बनेको बंगलादेश समूह विजेता बन्ने दाउमा हुनेछ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे विराटनगरस्थित शहिद रंगशालामा सुरु हुनेछ।