PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

‘छक्कापञ्जा २’ वैसाखमा फेरि



पहिलोपोस्ट

‘छक्कापञ्जा २’ वैसाखमा फेरि

काठमाडौं: बक्स अफिसमा सुपरहिट फिल्म ‘छक्कापञ्जा २’ पुन: एकपटक सार्वजनिक प्रदर्शनमा आउने भएको छ। नयाँ वर्षको छेको पार्दै वैसाख दोस्रो साता रिलिज हुन लागेको हो। फिल्मका निर्माता एवं कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन्।

गिरीले लेखेका छन्: ‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा वैसाख १३ गते पुन : प्रदर्शन हुँदैछ।‘ उनले विदेशमा रहेका नेपाली दर्शकका लागि पनि सोही महिना फिल्म देखाउने तयारी भएको उल्लेख गरेका छन्। उनले इन्टर्नेट रिलिजको संकेत गरेका हुन्।

फिल्मको युट्युब रिलिजका लागि धेरैले उनी लगायत फिल्म युनिटलाई आग्रह गर्दै आएका थिए। त्यसैले विदेशमा रहेका केही नेपाली दर्शकले उनलाई गाली गरेका छन्। अजय अनमोलले लेखेका छन्, 'दर्शकको त्यति मायानै लागेको भए युट्युबमा राखिदिएको भए हेर्ने थिए। हलमा चलाउने चाहना कुनै दर्शकको छैन। तपाईंहरुको हो। जसरी हुन्छ पैसा कमाउने। तर फिल्म सबैभन्दा झुर छ। त्यसै नेपाली फिल्म फिटिक्क मन नपरेको होइन! चुड्किला संकलन गरेर फिल्म हुँदैन।‘

वैसाख १३ मा हलिउड फिल्म ‘एवेन्जर्स : इण्ड गेम’ प्रदर्शनमा आउँदैछ। सोही दिन रिलिज हुने भनिएको फिल्म ‘दाल भात तरकारी’ युनिटले रिलिज टार्गेट एक साता पर सारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell