PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'मलाई यता खोज्न आउनु'  भन्दै म्यासेज लेखेर गायव शिशिर फेवातालमा मृत फेला



पहिलोपोस्ट

'मलाई यता खोज्न आउनु'  भन्दै म्यासेज लेखेर गायव शिशिर फेवातालमा मृत फेला

काठमाडौं : गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्यानरत शिशिर केसी मृत अवस्थामा फेला परेका छन्। म्याग्दी घर भएका २५ वर्षीय केसीको शव आज बिहान करिब साढे १० बजेतिर फेवातालमा भेटिएको हो।

तालको छेउमा रहेको एक होटेलको चौरमा केसीको हेलमेट र लुगा फेला परेपछि प्रहरीले खोजी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए।

‘हामीलाई बिहान करिब पौने १० बजेतिर लुगा र हेल्मेट देखिएको जानकारी आएको थियो। त्यसपछि हामीले रेस्क्यु टिमले तालमा खोजी गर्दा शव फेला परेको हो,' उनले भने।

केसी गण्डकी मेडिकल कलेजमा एसबीबीएसको पाँचै ब्याचमा अध्यानरत थिए। केसीले आफ्नो मोबाइलबाट साथीहरूलाई आफूलाई खोज्न आउनु भनेर विभिन्न म्यासेज गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। ‘उनले साथीलाई गरेका केही म्यासेज समेत गरेको देखियो। मलाइ खोज्न यतातिर आउनु भन्ने किसिमका म्यासेज छन्। घटनाको थप अनुसन्धान गरिरहेका छौँ,‘ गुरुङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell