
काठमाडौँ : मलेसियामा अप्रिल १० देखि २० सम्म हुने आइसीसी यू १९ वर्ल्ड कप क्वालिफायर एसिया को तयारीका लागि नेपालको यू १९ टोली आज भारत जाँदैछ।
राष्ट्रिय टिमबाट खेलिसकेका रोहित कुमार पौडेलको कप्तानीमा रहेको १८ सदस्यी टोली थप तयारीका लागि भारत जान लागेको हो। टोली २:४० मा एअर इन्डिगोमार्फत भारत प्रस्थान गर्ने छ।
टिमको प्रशिक्षककमा विनोद दास छन् भने फिजियोमा विक्रम न्यौपाने र एनालिष्ट सुरज रत्न शाक्य पनि टिमसँगै गएका छन्। यसैगरी ब्याटिङ कन्सलटेन्टमा अपूर्व देसाई र ट्रेनरमा सुवास पात्रोले नेपाली टोलीलाई सघाउनेछन्। दुवै जना भारतमा रहकाले उतैबाट टिममा समावेश हुनेछन्।
नेपाली युवा टोलीले भारतमा रहँदा आन्द्र प्रदेश स्टेट टिमसँग ४ अभ्यास खेल खेल्नेछ।
भारतको दुई साताको अभ्यास र ४ खेलपछि मलेसियामा क्वालिफायर खेल्ने अन्तिम १४ खेलाडीको टुङ्गो लाग्नेछ।
नेपाली टोली
रोहित पौडेल, आसिफ शेख, पवन सर्राफ, सन्दिप जोरा, भिम शार्की, रबि कुमार साह, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अविशेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सुर्य तामांङ, लोकेश बम, शेर मल्ल