PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

लहानमा आगलागीः १० घर जले



रासस

 लहानमा आगलागीः १० घर जले

लहानः हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा आज दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब रु २६ लाख मूल्य बराबरको क्षति भएको छ। 

स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट  हुँदा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ। 

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ। आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell