PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह ए को विजेता



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह ए को विजेता
Photo : ANFA

विराटनगर : बंगलादेशलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेर पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

यसअघि नै भुटानलाई पराजित गरेपछि दुवै टोलीले अन्तिम चारमा स्थान पक्का गरिसकेका थिए। आजको खेल समूह विजेताकै लागि थियो।

जसमा नेपालले बंगालदेशलाई ३-० ले पराजित गर्‍यो।

विराटनगरको शहिद रंगशालमा शनिवार भएको खेलमा नेपालको लागि मन्जली कुमारी योन्जन र सावित्रा भण्डारीले एक-एक गोल गरे। एक गोल बंगलादेशी खेलाडीबाट आत्मघाती भएको थियो।

पहिलो हाफमै नेपालले ३ गोलको अग्रता बनाएको थियो। तर दोस्रो हाफमा भने गोल गर्न सकेन। यस्तै यू-१९ टिमकी पुजा रानाले यसै खेलमार्फत सिनियर टिममा डेब्यु गरेकी छिन्। उनी दोस्रो हाफमै वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी थिइन्।

नेपालले यसअघि भुटानलाई पनि ३-० ले नै पराजित गरेको थियो। भुटानलाई २-० ले पराजित गरेको बंगलादेश भने समूह ए को उपविजेता बनेको छ।

नेपालले  समूह बी को उपविजेतासँग खेल्नेछ। समूह बी अन्तर्गत आइतवार चार पटकको च्याम्पियन भारत र श्रीलंकाबीच खेल हुनेछ। यस खेलको विजेताले समूह ए को उपविजेता बंगलादेशँग सेमिफाइनल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell