PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रेलको लिकमा ट्रली चढेर भारतीय राजदूतको सवारी!



रासस

रेलको लिकमा ट्रली चढेर भारतीय राजदूतको सवारी!

धनुषा : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन्। 

उनले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरे। उनी अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए। पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरीे निरीक्षण गरेको थियो। 

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन। भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ। पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell