PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

काँग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या



रासस

मध्यप्रदेश ः इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन्। 

बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उाका छोरा सोमेश घाइते  भएका हुन्। 

मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनि शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन्। 

घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ। 

मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन्। (रासस/एएनआई) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell