
रियल मड्रिडले स्पानिस ला लिगामा शनिवार सेल्टा भिगोलाई २-० ले पराजित गर्दै छिमेकी एट्लेटिको मड्रिडसँग अंकदूरी २ मा झारेको छ।
जिनेदिन जिदान दोस्रो पटक प्रशिक्षक बनेर सान्टियागो वर्नावेउ आएपछि पहिलो लिग खेलमै रियलले जित हात पारेको हो।
रियलका लागि इस्को र गारेथ बेलले दोस्रो हाफमा गोल गरे। इस्कोले ६२औँ मिनेटमा र बेल ७७औँ मिनेटमा गोल गरेका हुन्।
जितपछि ३ अंक जोडेको रियलले २८ खेलबाट ५४ अंक जोडेको छ र तेस्रो स्थानमा छ। एक खेल कम खेलेको एट्लेटिको ५६ अंकसहित दोस्रो स्थानमा छ। २७ खेल खेलेको बार्सिलोना ६३ अंकका साथ शीर्ष स्थानमा छ।