PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

एफए कप : म्यानचेष्टर सिटीको उत्कृष्ट पुनरागमन, २० मिनेटमा तीन गोल फर्काउँदै सेमिफाइनलमा, वल्भ्ससँग हार्दै युनाइटेड बाहिरियो



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर सिटीको उत्कृष्ट पुनरागमन, २० मिनेटमा तीन गोल फर्काउँदै सेमिफाइनलमा, वल्भ्ससँग हार्दै युनाइटेड बाहिरियो

अन्तिम २१ मिनेट भित्र तीन गोल फर्काएपछि स्वान्सी सिटिलाई ३-२ ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो हाफमै २-० ले पछि परेको सिटिका लागि ८८औँ मिनेटमा सर्जियो अगुएरोले निर्णायक गोल गरे।

घरेलु मैदानमा स्वान्सीका लागि म्याट ग्रीन्सले २०औँ मिनेटमा पेनाल्टी र २९औँ मिनेटमा सेलिनाले गोल गर्दै स्वान्सीलाई २-० को अग्रता दिलाएका थिए। ६८औँ मिनेटसम्म म्यानचेष्टर सिटी २-० ले पछि थियो। तर त्यसपछि सिटीले पुनरागमन गर्दै शानदार जित हात पारेको हो।

बर्नार्डो शिल्भाले ६९औँ मिनेटमा सिटीका लागि पहिलो गोल गरे। क्रिस्टोफर नोर्डेटले ७८औँ मिनेटमा आतमघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो।

खेल सकिन दुई मिनेट बाँकी छदा अगुएरोले गोल गरेपछि सिटीले सेमिफाइनलमा स्थान बनाएको हो।

उता म्यानचेष्टर युनाइटेड भने वल्भ्ससँग २-१ ले पराजित हुँदै बाहिरिएको छ।

घरेलु मैदानमा वल्भ्सका लागि ७०औँ मिनेटमा राउल जिमिनेज र ७६औँ मिनेटमा डिएगो जोटोले गोल गर्दै २-० को अग्रता दिलाएका थिए। मार्कुस रासफोर्डले खेलको अन्त्यतिर गोल गरेपनि युनाइटेडले हार टार्न सकेन।

यस्तै क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दै वाटफोर्ड पनि सेमिफाइनलमा प्रवेश गरेको छ।

अब ब्राइटन र मिलवालबीच हुने अन्तिम क्वाटरफाइनल खेलको विजेता सेमिफाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell