PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

स्मितालाई प्रचण्डकी नातिनी भनी बोलाउँदा अन्याय: राजेश पायल राई



पहिलोपोस्ट

स्मितालाई प्रचण्डकी नातिनी भनी बोलाउँदा अन्याय: राजेश पायल राई

काठमाडौं: पछिल्लो समय पार्श्व गायनमा सक्रिय छन् गायक राजेश पायल राई। हालै उनले गायिका स्मिता दाहालसँग मिलेर फिल्म 'दाल भात तरकारी'को टाइटल गीत गाएका छन्। स्मिता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन्।

गीत रिलिज कार्यक्रममा स्मितालाई प्रचण्डकी नातिनी भनेर सम्बोधन गरिएको थियो। राजेशले स्मितालाई प्रचण्डकी नातिनी मात्र सम्बोधन गर्दा न्याय नहुने बताए। उनले भने 'स्मिता आफैमा एक कुशल गायिका हुन्। कतिपय अवस्थामा उनलाई प्रचण्डकी नातिनी भनेर बोलाउँदा अन्याय भएको जस्तो लाग्छ।'

उनी प्रचण्डकी नातिनी भन्दा अघि राम्रो गायिकाको पहिचान बोक्छिन् भन्ने तर्क राखे। भने,'मैले उहाँसँग धेरे गीत गाएको छु।'

स्मिता भने यस विषयमा मौन रहिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell