PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

सन्दीपको बारेमा बोले पुबुदु, भन्छन् : नेपालमा सन्दीप जस्ता ट्यालेन्ट थुप्रै छन्



पहिलोपोस्ट

सन्दीपको बारेमा बोले पुबुदु, भन्छन् : नेपालमा सन्दीप जस्ता ट्यालेन्ट थुप्रै छन्
फोटो : इएसपिएनक्रिकइन्फो

काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अहिले विश्वकै चर्चित टी २० लिगमा खेल्न व्यस्त छन्। गत वर्ष मार्चमा भारतमा आइपिएल खेलेपछि एक वर्षको अवधीमा उनले विश्वका लगभग सबै लिगहरु खेले, चर्चा पाए।

त्यही सन्दीपको प्रतिभालाई पहिलो पटक पहिचान काम गरेका थिए पुवुद दासनायकेले। नेपालको राष्ट्रिय टिम प्रशिक्षक बनिसकेका उनले चितवनमा सन्दीपको प्रदर्शन जिते र सिधै काठमाडौँमा क्याम्पका लागि ल्याएका थिए।

हाल अमेरिकन क्रिकेट टिमको प्रशिक्षक रहेका दासानायकेले सन्दीपलाई भेट्न आफूलाई भाग्यमानी रहेको बताएका छन्।

'सन्दीप प्राकृतिक बलर हुन्। म आफूलाई भाग्यमानी ठान्छु कि मैले बसन्त रेग्मीको विवाहमा जाँदा उनलाई भेटेको थिएँ।'

अमेरिकाले युएईसँग पहिलो पटक टी २० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि दासानायकले भने।

‘नेपालमा एकदमै धेरै प्रतिभाहरु अझ धेरै छन्, जुन अहिलेसम्म पत्ता लगाउन सकेको छैन। एसोसियट क्रिकेटका लागि आफूसँग भएको प्रतिभा देखाउनु राम्रो हो।'

दासानायकले त्यतिबेलै सन्दीपको बारेमा ठूलो अनुमान गरिसकेका थिए र उनलाई नेपालको राष्ट्रिय टिमबाट खेलाउन समेत महत्वपूर्ण भूमिका दासानायकेले खेले।

उनले खेलाई निरन्तरता दिनुपर्छ। सन्दीपले व्यक्तिगत रुपमा र खेलमा पनि सुधार गर्नुपर्ने धेरै कुराहरु छन्। तर उनी सही बाटोमा छन् र अझै अगाडि बढ्न सक्छन्।‘

भर्खरै पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेलेर आएका सन्दीप अहिले नेपालमा छन्। अब केही दिनपछि उनी दिल्ली क्यापिटल्सबाट आइपीएल खेल्न भारत जाँदैछन्।

सन्दीपले दासानायके प्रशिक्षक हुँदा नै सन् २०१६ अप्रिल १६ मा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबिया विरुद्धको खेलमा नेपापलको सिनियर टिममा डेब्यु गरेका थिए। त्यसयता पछाडी फर्केर हेर्नु नपरेका सन्दीपले देश- विदेशमा धेरै सफलता हात पारिसके।

उनले नेपालको लागि ओडिआईमा ६ खेल खेल्दै सर्वाधिक १५ विकेट लिइसकेका छन्। यस्तै ५ टी २० अन्तर्राष्ट्रियमा ५ विकेट नै लिएका छन्।

सन्दीप केही समयअघि भएको सिप्यान क्रिकेट अवार्डमा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell