PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो

फुलहमलाई पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। आइतवार भएको खेलमा लिभरपुलले फुलहमलाई २-१ ले पराजित गर्दै म्यानचेष्टर सिटीलाई अंक तालिकामा पछि पारेको हो।

फुलहमको मैदानमा भएको खेलको २६औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा लिरपुलले अग्रतालाई कायम  राख्यो।

७४औँ मिनेटमा लिभरपुलकै पूर्व खेलाडी राएन बाबेलले फुलहमका लागि बराबरी गोल फर्काए। तर ८१औँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो र जेम्स मिलनरले पेनाल्टीमा ऊवल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।

जितपछि ३० खेलबाट ६६ अंकसहित लिभरपुल शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell