PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

निश्चल बस्नेत भन्छन् 'अहिले फिल्महरु चलिरहेको छैन'



पहिलोपोस्ट

निश्चल बस्नेत भन्छन् 'अहिले फिल्महरु चलिरहेको छैन'

काठमाडौं: अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका छन्। नेपाली फिल्महरु नचल्नुमा निर्माण पक्षको कमजोरी हुन सक्ने उनले आंकलन गरेका छन्। अहिले अधिकांश फिल्महरु चलिरहेको छैन। यो अवस्थामा निर्माण पक्षले नै प्रचार प्रसारमा नयाँ शैली अपनाउनुपर्ने उनले बताए।

'फिल्महरु चलिरहेको छैन। बनाउने मान्छेहरुले धेरै मेहनत गरेर फिल्म बनाउने गरेको हुन्छ। हामी कुनै पनि मेकर्स फिल्म नचलोस् भनेर फिल्म बनाउने गरेका हुँदैनौं,' गम्भिर हुँदै सुनाउँछन् 'दर्शकलाई चित्त बुझाउन नसकेको हो कि भन्ने ठम्याई हो। हामी कहाँ कमजोर छौं नियाल्न जरुरी छ। त्यसले दर्शकको विश्वास जित्न सकिन्छ। राम्रो फिल्म बनाउनु मात्र होइन। अब प्रचार प्रसारमा पनि नयाँ तरिका प्रयोग गर्नुपर्छ।'

आइतबार काठमाडौंमा उनी फिचर्ड एक फिल्मको गीत सार्वजनिक कार्यक्रममा उनले यस विषयमा बोलेका हुन्। फिल्म 'जात्रै जात्रा'को 'माया पिरिम'बोलको गीतमा उनी फिचर्ड छन्। गीतमा उनीसँगै वर्षा सिवाकोटी, सारा शिर्पाली, विपिन कार्की, करिश्मा मानन्धर, दयाहाङ राईलगायत अन्य फिचर्ड छन्।

लेखु सहयात्रीको शब्द तथा कृष्ण भारद्वाजको संगीत रहेको गीतमा निशान भट्टराई र मनिषा पोख्रेलको स्वर छ। प्रदीप भट्टराई निर्देशित फिल्म जेठ ३ गतेदेखि प्रदर्शनमा आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell