PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज व्यक्तिमाथि फिल्म बन्ने



पहिलोपोस्ट

सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज व्यक्तिमाथि फिल्म बन्ने

सगरमाथा आरोहण गर्ने पहिलो चाइनिज व्यक्तिमाथि आधारित रहेर फिल्म बन्ने भएको छ। चाइनाका एक्सन विधाका कलाकारहरु फिल्ममा अनुबन्धित भएका छन्।

हाल 'क्लाइम्वर्स' भनेर तय भएको फिल्ममा हंगकंगको ज्याकी चान र चाइनिज बक्स अफिसलाई लिड गरिरहेका वू जिङको अभिनय रहने बताइएको छ। फिल्मलाई डानियल लीले निर्देशन गर्नेछन्। 'क्लाइम्वर्स'लाई साङ्घाई फिल्म ग्रुपले निर्माण गर्ने भएको हो।

फिल्मले १९६० मा सगरमाथा आरोहण गरेका वाङ फूजो, गोन्पो, कु युन्ह्वाको समुहको कथा समेट्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell