PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते



पहिलोपोस्ट

ट्रक दुर्घटनामा एकको मृत्यु, चार घाइते

मुग्लिनः मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। घाइतेमध्ये दुई महिला रहेका छन्।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेको छैन। ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell