PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

२० वर्षपछि एउटै फिल्ममा सलमान र संजयलीला



पहिलोपोस्ट

२० वर्षपछि एउटै फिल्ममा सलमान र संजयलीला

अभिनेता सलमान खान र निर्देशक संजयलीला भन्साली दुई दशकपछि एउटै प्रोजेक्टमा काम गर्दैछन्। उनीहरुले गर्ने नयाँ फिल्मको नाम पनि तय भएको छ।

फिल्म 'दिल दिया इन्साल्ला'मा सलमानको अपोजिटमा अभिनेत्री आलिया भट्ट देखिने भएकी छिन्। सलमानले सामाजिक सञ्जालमार्फत फिल्मबारे जानकारी दिएका हुन्। सलमानले ट्वीटरमा लेखेका छन् '२० वर्षपछि संजय र म फिल्म गर्दैछौं, इन्सालल्ला। आलियासँग काम गर्ने तयारीमा छौं।'

 

यो वर्ष सलमानको 'भारत' प्रदर्शनमा आउनेछ। उता आलिया भने करण जोहरको फिल्म 'कलंक'मा देखिँदैछिन्। अब सलमान र आलियाको केमेस्ट्री पर्दामा कस्तो देखिएला? त्यो फिल्म बनेपछि थाह हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell