PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एउटै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता



पहिलोपोस्ट

एउटै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता

काठमाडौं: युथ क्रियसन नेपालले एकसाथ दुई सौन्दर्य प्रतियोगिता एउटै मञ्चमा गर्ने भएको छ। 'मिस्टर एण्ड मिस बेस्ट मोडल अफ द इयर २०१९' र 'मिस्टर एण्ड मिस एसईई बेस्ट मोडल अफ द इयर २०१९'को आवेदनसमेत खुल्ला गरिएको छ।

प्रतियोगिताको कोरियोग्राफर रोजिन  शाक्य रहनेछन्। प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समुहकाले सहभागी हुन पाउने आयोजक रवि लामा तामाङले जनाए।

'मिस्टर एण्ड मिस बेस्ट मोडल अफ द इयर २०१९'को आवेदन चैत ८ गतेसम्म दिइसक्नुपर्नेछ। पहिलो चरणको छनौट चैत्र ९ गते हुने बताइएको छ। 'मिस्टर एण्ड मिस एसईई बेस्ट मोडल अफ द इयर २०१९'का लागि भने चैत २२ सम्म आवेदन दिइसक्नुपर्नेछ। यो प्रतियोगिताको पहिलो चरणको छनौट चैत २३ मा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको फिनाले भने जेठ ३ गते सम्पन्न हुने आयोजक तामाङले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell