PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एएफसी कपको लागि मनाङ मर्स्याङ्दीको टोली घोषणा



रासस

एएफसी कपको लागि मनाङ मर्स्याङ्दीको टोली घोषणा
ए डिभिजन लिग च्याम्पियन मनाङ, फाइल फोटो

काठमाडौँ  : मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ। शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची आज सार्वजनिक गरेको हो।

लिगको उपाधि यात्रामा समावेश अधिकांश खेलाडीको नाम समावेश गर्दै मनाङले नाम पठाएको जनाएको छ। क्लबका अनुसार २१ सदस्यीय खेलाडीमा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश कुँवर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन्। मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन् ।

एएफसी कपको समूह ‘डी’मा रहेको मनाङले बङ्गलादेशको अबहानी लिमिटेड र भारतको मिनेरभा पञ्जाब र चेन्नई एफसीसँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ। समूह चरणको पहिलो खेलमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसँग यही चैत २० गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ । त्यसपछिका खेलतालिका भने सार्वजनिक गरिएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell