PahiloPost

Jun 11, 2025 | २९ जेठ २०८२

एएफसी यू २३ च्याम्पियनसिप क्वालिफायरका लागि नेपाली यू २३ टोली कतार प्रस्थान



रासस

एएफसी यू २३ च्याम्पियनसिप क्वालिफायरका लागि नेपाली यू २३ टोली कतार प्रस्थान

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कतारको दोहामा हुने एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनशिपको छनोट खेल खेल्न मंगलवार कतार प्रस्थान गरेको छ।

एन्फाले मंगलवारै आयोना गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना, एन्फा पदाधिकारी लगायतले सहभागी २३ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।

नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ, अञ्जन विष्ट, विकास खवास, एरिक विष्ट, अर्पण कार्की, असिम भुसाल, बिमल घर्तिमगर, विश्वास श्रेष्ठ, अनन्त तामाङ, गौरव बुढाथोकी र हेमन्त थापा छन् । त्यसैगरी दिनेश राजवंशी, कमल श्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनील बल, तेज तामाङ, छिरिङ गुरुङ, नितीन थापा र दीप कार्की छन्।

टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन् भने सहायक प्रशिक्षकमा सुमन श्रेष्ठ छन्।

सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिपका लागि हुने उक्त छनोट प्रतियोगिता यही चैत ८ देखि १२ गतेसम्म हुनेछ। छनोटमा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छ।

नेपालले पहिलो खेल यही चैत ८ गते ओमानसँग खेल्नेछ भने दोस्रो चैत १० गते कतार र अन्तिम खेल चैत १२ गते अफगानिस्तानसँग खेल्नेछ। छनोटको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन्। दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनशिपमा सहभागी हुने अवसर पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell