PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

आइपीएल खेल्न सन्दीप लामिछाने दिल्ली प्रस्थान



पहिलोपोस्ट

आइपीएल खेल्न सन्दीप लामिछाने दिल्ली प्रस्थान

काठमाडौँ : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएल खेल्न आज दिल्ली प्रस्थान गरेका छन्। सन्दीप बिहान जेट एअरवेज बाट दिल्ली लागेका हुन्।

गत सिजन दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेल्दै सन्दीपले आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

यस सिजन उनको टिमको नाम परिवर्तन भएर दिल्ली क्यापिटल्स भएको छ। गत सिजन सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए।

आइपीएलको १२औँ संस्करण मार्च २३ बाट सुरु हुँदैछ। सन्दीपको दिल्लीले पहिलो मार्च २४ मा रोहित शर्माकोको कप्तानीमा रहेको मुम्बई इन्डियन्ससँग खेल्नेछ।

सन्दीपले मंगलवार आयोजित पत्रकार सम्मलेनमा दिल्लीको लागि राम्रो प्रदर्शन गर्ने र उपाधि जिताउन सहयोग गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell