PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

साफ महिला च्याम्पियनसिप : पुनमको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : पुनमको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता
फाइल फोटो

विराटनगर : पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा अहिले नेपाल रश्रीलंकाबीच खेल भइरहेको छ। विराटनगरस्थित शहिद रंगशालमा भइरहेको खेलमा पहिलो हाफको समाप्तीमा घरेलु टोली  नेपालले १-० को अग्रता बनाएको छ।

खेलको सुरुवात देखि नै निरन्तर आक्रमण बनाएको नेपालले पहिलो गोल गर्न निकै महिनेत गर्नुपर्‍यो। ४२औँ मिनेटमा डिफेण्डर पुनम जर्घा मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। सावित्रा भण्डारीको ब्याक हेडिङमा पुनमले वाच टच गोल गरेकी हुन्।

पहिलो हाफमा सावित्राले तीन पटक गोल गर्ने अवसर पाएपनि सफल हुन सकिनन्। खेलको चौथो मिनेटमै अनिता बस्नेतको भलि प्रहार पोष्ट माथिबाट बाहिरियो। १०औँ मिनेटमा अनिताकै कर्नरमा कप्तान निरुको हेडर पोष्टमाथिबाटै बाहिरियो।

३३औँ मिनेटमा मन्जलीको कर्नरमा सावित्राको हेडर श्रीलंकाली गोलरक्षकले बचाए भने ४३औँ मिनेटमा मन्जलीकै क्रसमा सावित्राको हेडर पोष्ट नजिकैबाट बाहिरियो। पहिलो हाफको अन्तिम समयमा पनि सावित्राको हेडर पोष्ट नजिकैबाट बाहिरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell