PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

पेस्तोल देखाउँदै होलीको दिनमा एक सय २० तोला सुन लुटियो



पहिलोपोस्ट

पेस्तोल देखाउँदै होलीको दिनमा एक सय २० तोला सुन लुटियो

सिन्धुलीः कमलामाई नगरपालिका -६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले एक सय २० तोला सुन लुटेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान सुरु भइरहेको जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाई छ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारबाही गर्न माग गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell