PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

होली खेलेको हेर्ने क्रममा घरको छतबाट खस्दा बालक घाइते



पहिलोपोस्ट

होली खेलेको हेर्ने क्रममा घरको छतबाट खस्दा  बालक घाइते
प्रतिकात्मक तस्विर

दाङः होली खेलेको हर्ने क्रममा घरको छतबाट खसेर एक बालक घाइते भएका छन्।

आज बिहान शान्तिनगर गाउँपालिका-३ पातेटाकुरा घर भई हाल तुलसीपुर उपमहानगरपालिका ९ अमृतटोल बस्ने गौरी केसीका १२ वर्षीय छोरा विप्लव केसी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

छतबाट होली खेलेको हेर्ने क्रममा एक्कासि खसेका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर पठाइएको छ।

समानताको पर्व होली तराई–मधेसमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell