PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले 'क्याप्टेन' हेरेपछि भने 'अनमोल केसी त चिनेको छैन'



पहिलोपोस्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले 'क्याप्टेन' हेरेपछि भने 'अनमोल केसी त चिनेको छैन'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन' हेरेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्। बुधवार फिल्म हेर्न  बिग मुभिज पुगेका थिए प्रधानमन्त्री ओली। अभिनेता भुवन केसीको विशेष निमन्त्रणामा होली मनाउँदै फिल्म हेर्न पुगेका उनले केसीका पुत्र अनमोललाई भने नचिनेको बताए।

उनलाई अनमोलको अभिनयबारे प्रश्न गर्दा अनमोल नभइ फिल्मको पात्र ईसान मात्र चिनेको बताएका थिए। 'अनमोल केसी त चिनेको छैन, मैले ईसान खड्कामात्र चिनेको छु,' ओलीले प्रतिक्रिया दिए, 'फिल्म एकदमै राम्रो। ईसान खड्का इज वेस्ट।'

प्रधानमन्त्री ओलीले होलीकै दिन संजोगले फिल्म हेर्न पुगेको बताएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell