PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

निकिता पौडेल बाहिरिएपछि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई



पहिलोपोस्ट

निकिता पौडेल बाहिरिएपछि रिक्त चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

काठमाडौं : नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्ति गर्न सरकारले निर्णय गरेको छ। चैत ४ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

गत माघ २२ गते अध्यक्ष पदबाट निकिता पौडेलले राजिनामा दिएसँगै पद खाली रहँदै आएको थियो। 

केशव फिल्म निर्माणमा सक्रिय छन्। उनको निर्माणमा बनेको फिल्म 'यात्रा अ म्यूजिकल भ्लग' प्रदर्शनको तयारीमा छ। निर्देशक तुलसी घिमिरेको सहायकका रुपमा फिल्म निर्माण क्षेत्रमा जुटेका उनले केही फिल्ममा अभिनय पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell