PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी



पहिलोपोस्ट

चलचित्र कलाकार संघको अध्यक्षमा सरिता लामिछानेको उम्मेद्वारी

काठमाडौं : नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा संघकी महासचिव/कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्।

उनले फेसबुकमार्फत उम्मेद्वारीको घोषणा गरेकी हुन्। उनी २०५५ सालदेखि कलाकारिता क्षेत्रमा आबद्ध छिन्। टेलिशृंखला ‘मुक्ति’बाट अभिनय सुरु गरेकी कलाकार लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत टेलिशृंखलामा अभिनय गरिसकेकी छिन्।

उनले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’लगायतका फिल्ममा अभिनय गरेकी छिन्। २३ असोजमा संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell