PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ताप्लेजुङमा आगलागी हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

ताप्लेजुङः मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आज आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापश्चात् प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell