PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

फ्राइडे रिलिजमा 'कागजपत्र' र 'प्रेमलीला'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'कागजपत्र' र 'प्रेमलीला'

काठमाडौं:  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन् 'कागजपत्र' र 'प्रेमलीला'।

'कागजपत्र'लाई अपिल बिष्टले निर्देशन गरेका हुन्। फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकको मुख्य अभिनय छ। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बताउँछन्। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।

त्यस्तै प्रदर्शनमा आएको 'प्रेमलीला'मा अन्तर्देशीय प्रेम कथा समेटिएको छ। फिल्ममा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का एवं अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय छ।

बिहीबार दुई बलिउड फिल्म भने नेपाल प्रदर्शनमा आइसकेका छन्। अक्षय कुमार अभिनित 'केसरी' र 'मर्दको दर्द नहीँ होता' प्रदर्शनमा आएका बलिउड फिल्म हुन्। एकसाथ प्रदर्शनमा आएका चार फिल्मको भिडन्त पक्का छ। बक्स अफिसमा कसले मार्ला बाजी त्यो त पछि नै थाह हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell