
विराटनगर : साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सके नेपालको महिला राष्ट्रिय टोलीका प्रत्येक खेलाडी र अफिसियलले नगद २ लाख पाउने भएक छन्।
प्रदेश नम्बर १ सरकारले च्याम्पियन बन्ने टिमका खेलाडीलाई २-२ लाख दिने घोषणा गरेको छ।
पाँचौ संस्करणको उपाधिका लागि नेपालले घरेलु मैदानमा भारतसँग खेल्दैछ। फाइनल खेल आज विराटनगरको शहिद रंगशालामा हुँदैछ।
यस्तै नेपाल उपविजेता भएपनि प्रदेश १ सरकारले १-१ लाख दिने भएको छ।
नेपालले यसअघि ३ पटक साफ च्याम्पियनसिपको फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन। पहिलो पटक घरेलु मैदानमा भइरहेको यस संस्करणको उपाधि जित्दै भारतको दबदबा तोड्ने लक्ष्यमा नेपाल रहेको छ।