PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा लय संग्रौलाको उम्मेद्वारी



पहिलोपोस्ट

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा लय संग्रौलाको उम्मेद्वारी

काठमाडौं :  नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा कलाकार लय संग्रौलाले उम्मेद्वारी घोषणा गरेका छन्। चैत्र २३ गते हुने निर्वाचनमा संघकी महासचिव/कलाकार सरिता लामिछानेले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरिसकेकी छिन्।

अहिलेसम्म दुईजनाले पदका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ। लय यसअघि रामकेशर बोगटीसँग अध्यक्ष पदमा पराजित भएका थिए। लयले सार्वजनिक गरेको विज्ञप्तीमा रामकेशरलाई सम्झना पनि गरेका छन्।  

'कलाकारहरुलाई एकताबद्ध बनाउँदै कलाकारको व्यावसायिकतातर्फ संघले गर्नुपर्ने सबै कार्यका लागि म सदैब तत्पर रहनेछु' लयले सार्वजनिक गरेको विज्ञप्तिमा उनका एजेण्डा समावेश छन्। बोगटीको मृत्यु भएपछि कलाकार संघ नयाँ नेतृत्वको लागि जुटेको हो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell