PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर पहिलो खेलमा नेपाल ओमानसँग पराजित



पहिलोपोस्ट

एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर पहिलो खेलमा नेपाल ओमानसँग पराजित
photo : goalnepal.com

काठमाडौं : कतारमा भइरहेको एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायरको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ।

शुक्रबार कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा भएको खेलमा नेपाल ओमानसंग १-० ले पराजित भएको हो।

ओमानको लागि खेलको १३औँ मिनेटमा युसुफ नासिर अल माल्कीले गरेको गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो।

विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टिमबाट खेलिकेका ८ खेलाडी पहिलो रोजाईँमा थिए। तर ‌ओमान विरुद्ध गोल गर्न भने सकेन। खेलको दोस्रो मिनेटमै नेपालका हेमन्त थापा मगर घाइते भएका थिए।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई दोस्रो चरण यात्रा तय गर्न कठिन देखिएको छ। नेपालले समूहमा दोस्रो खेल घरेलु टोली कतारसँग आइतवार र अन्तिम खेल अफथानिस्तानसँग मंगलवार खेल्नेछ।

क्वालिफायर खेल्ने यस समूहको शीर्ष स्थानमा रहने टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell